बुटवल,३ असार ।
नेपाली काँग्रेसको आसन्न १४ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाको सभापतिमा हालका उपसभापति बिमलराज भट्टराईलाई अगाडि सारिएको छ ।
नेपाली काँग्रेस बुटवल ८ को शनिबार सम्पन्न क्रियाशिल भेलाले
भट्टराईलाई नगर सभापतिमा अगाडि सार्ने निर्णय गरेको हो ।
वडा सभापति नरबहादुर रजालीको सभापतित्वमा भएको क्रियाशिल भेलामा सो वडाका क्रियाशिल सदस्यहरु, पूर्व वडा सभापति राधेश्याम राजभण्डारी, अधिवक्ता कृष्ण पोखरेल र प्राध्यापक प्रेम पौडेलले वडाबाट नगरको सभापतिमा भट्टराईलाई सर्वसम्मत रुपमा अगाडि बढाउने प्रस्ताव गरेका थिए ।
सो प्रस्तावलाई भेलाले सर्वसम्मत रुपमा पारित गरेको वडा सभापति रजालीले बताए । उक्त वडामा ५६४ जना क्रियाशिल सदस्य छन् । वडाको पदाधिकारी तथा क्षेत्रीय प्रतिनीधि पनि सकेसम्म सर्वसम्मत रुपमा चयन गर्ने भेलाले निर्णय गरेको छ । सहमतिको लागि पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्य क्षेत्रीको संयोजकत्वमा सात सदस्सीय समिति गठन गरिएको सभापति रजालीले जानकारी दिए ।








