बुटवल,३ साउन । ​
बुटवल उपमहानगरपालिकाका १८ सहित आइतबार रूपन्देहीका ३७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २४१ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ७७४ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आइतबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १८ जना,तिलाेत्तमा नगरपालिका १२ जना,सैनामैना नगरपालिकाका ३ जना, देवदह नगरपालिका,कञ्चन गाउपालिका र सियारी गाउपालिका र राेहिणी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४२ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ९४५ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३२४ जना सक्रिय संक्रमित रहेका छन् ।