काठमाडौ,३ असार ।
नेपालमा आइतबार थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६२८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२३ जना र एन्टिजेन विधिबाट ५७८ जना गरि १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६६७ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप २३ जना कोराेना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५५०
कोराेना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

हाल देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये ५६१ जना आईसीयूमा र १६५ जना भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।