काठमाडौ,२ असार ।
नेपालमा शनिबार थप १ हजार ८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६६ जनामा परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १६४ जना काेराेना संक्रमित निकाे भएका छन् ।

नेपालमा हालसम्म ६ लाख ३० हजार ४०७ जना काेराेना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । यससँगै देशभर हालसम्म मृत्यु हुने कोराेना संक्रमितको संख्या ९ हजार ५२७ पुगेको छ।

अहिले नेपालमा २५ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।