बुटवल,१ साउन । ​
बुटवल उपमहानगरपालिकाका ८ सहित शनिबार रूपन्देहीका २१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २१९ जनाको पिसिआर परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ७६७ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका ८ जना,तिलाेत्तमा नगरपालिका र सिद्वार्थनगर नगरपालिका ४/४ जना,देवदह नगरपालिकाका २ जना,सैनामैना नगरपालिका, कञ्चन गाउपालिका र सियारी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३३ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ९०३ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३२९ जना सक्रिय संक्रमित रहेका छन् ।