बुटवल,१ साउन । तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद्,जिल्ला समिति रूपन्देहीले काेभिड-१९ काे संक्रमणका कारण मृत्यु भएका गुरूङहरूकाे सम्झनामा आज बुटवलमा शाेक सभा सम्पन्न गरेको छ ।

काेराेना संक्रमणका कारण मृत्यु भएका
तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद,पुर्व राष्ट्रिय संरक्षण सभापति स्व.सेर बहादुर गुरूङ,तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद,पुर्व रूपन्देही जिल्ला अध्यक्ष स्व.सुर्जेलाल गुरूङ,तमुस्याे ह्युल छाेज धी जिल्ला सह काेषाध्यक्ष स्व.धनु गुरूङ,तमुस्याे ह्युल छाेज धी जिल्ला सदस्य स्व.दिलमाया गुरूङ,तमुस्याे ह्युल छाेज धी इकाई सदस्य स्व.पुष्पा गुरूङ र तमु पेल्हु संघ बहराइनका संस्थापक अध्यक्ष स्व.जस बहादुर गुरूङकाे सम्झनामा शाेक सभा गरिएको हो ।

तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद्,जिल्ला समिति रूपन्देही अध्यक्ष बिमला गुरूङकाे सभापतित्व र तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद केन्द्रीय अध्यक्ष रेशम गुरूङ,तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद केन्द्रीय महासचिव सुर्य बहादुर गुरूङ,तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख चन्द्र गुरूङ,तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद केन्द्रीय आर्थिक सल्लाहकार एवं पुर्व जिल्ला अध्यक्ष टेक बहादुर गुरूङ,तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद,जिल्ला सल्लाहकार झम बहादुर गुरूङ,तमुस्याे ह्युल छाेज धी माङ जिल्ला अध्यक्ष जुनमाया गुरूङ,मृतकको परिवारकाे तर्फबाट नारायण गुरूङ लगायतले मृतकहरूले विभिन्न पदमा रहेर गुरूङ समुदायको हक हित र अधिकार प्राप्तिका साथै समाज सेवामा पुर्याएकाे याेगदानकाे स्मरण गरेका थिए ।

तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद,जिल्ला समिति रूपन्देहीका बरिस्ठ उपाध्यक्ष राम बहादुर गुरूङकाे स्वागत मन्तव्यबाट सुरु भएको शाेक सभाकाे सञ्चालन जिल्ला सचिव ओम गुरूङले गरेका थिए ।