बुटवल,१ साउन ।
तिलाेत्तमा नगरपालिकाका १८ सहित शुक्रबार रूपन्देहीका ३६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका २९६ जनाको पिसिआर परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ७१६ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका १८ जना, बुटवल उपमहानगरपालिकाका ७ जना,देवदह नगरपालिकाका ४ जना,
सिद्वार्थनगर नगरपालिका र सुद्वाेधन गाउपालिकाका २/२ जना,सैनामैना नगरपालिका, कञ्चन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप १८ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ८७० जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३४१ जना सक्रिय संक्रमित रहेका छन् ।







