काठमाडौं,१ साउन ।
नेपालमा शुक्रबार थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार १८२ नमुना परीक्षण गर्दा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना निको भएका छन् ।
नेपालमा हालसम्म ६ लाख २८ हजार २४३ जना काेराेना संक्रमितको मृत्युु भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ४३ जना काेरोना संक्रमितकाे मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ हजार ५०६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर काेराेनाका २६ हजार ८२७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् भने २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ती मध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५४१ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३४३, ललितपुरका १३६ र भक्तपुरका ६२ जना संक्रमित छन् ।

यस्तै सुनसरीमा २८४, मोरङमा २४६, झापामा १५१, चितवनमा ५७ र कैलालीमा ५१ जनामा संक्रमण देखिएको छ । मकवानपुरमा ४९, रुपन्देहीमा ४४, नवलपरासी पूर्वमा ४०, नुवाकोट र सुर्खेतमा ३५/३५, कञ्चनपुरमा २७ र उदयपुरमा २१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।