बुटवल,१ साउन ।
चालू प्रदेश सभाको वजेट अधिवेशन अन्त्य गरेर लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।
ल्याउने निर्णय गरेको छ। बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले लुम्बिनी टाईम्सलाई जानकारी दिए। यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए। उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याईनेछ।
प्रदेश सरकारकाे सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आज बिहान वजेट सम्बन्धि २ वटा अध्यादेश जारी गरेका हुन् ।
आजै बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अध्यादेशबाट वजेट ल्याउन प्रदेश प्रमुख यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने गरि अवरोध आएपछि अध्यादेश मार्फत वजेट ल्याउनु परेको बताए । यद्यपि प्रदेश सभामा विपक्षी दलहरूले अवराेध गरेको नभई सत्तापक्षनै वैठक छाडेर हिडेका हन् ।
प्रदेशसभामा बजेट पास हुने अवस्था नदेखेपछि बिहिबार मुख्यमन्त्री शंकर पोखरेलको अगुवाईमा सत्तापक्ष एमालेले प्रदेशसभा बैठक छाडेर बाहिरिएको थियो ।
बजेटका सम्बन्धमा छलफलका सबै प्रक्रिया पुरा गरेर मतदानको चरणमा प्रवेश गर्नु अघि प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुले बैठक छाडेर हिँडे पछि सभामुख पुर्ण घर्तीले आज(शुक्रबार) १ बजे सम्मका लागि बैठक स्थगित गरेका थिए ।
बजेटका लाथि थप समय मागेको सत्तापक्षले छलफलमै नबसी मध्यराती चालु अधिवेशन अन्त्य गरेको छ भने बिहनै २ वटा अध्यादेश जारी गरेको छ ।
सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याईएको मन्त्री चाैधरीले बताए ।





