बुटवल,३० असार ।
बुटवल उपमहानगरपालिकाका १२ सहित बिहीबार रूपन्देहीका ३७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १७५ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ६८० पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बिहीबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १२ जना,तिलाेत्तमा नगरपालिकाका ७ जना, सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका ४/४ जना,देवदह नगरपालिकाका २ जना र सिद्वार्थनगर नगरपालिकाका १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप १८ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ८४२ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३३३ जना सक्रिय संक्रमित रहेका छन् ।







