काठमाडौं, ३१ असार । नेपालमा थप २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २५६ पीसीआर परीक्षण गर्दा १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षण गर्दा ८९४ जना गरी २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना संक्रमित निकाे भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या २६ हजार ६३९ जना रहेका छन् । जसमध्ये २४ हजार २५ जना होम आइसोलेसनमा रहेका छन् भने दुई हजार ६१४ जना अस्पतालमा उपचार रहेका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्द धेरै काठमाडौंमा ३३९, चितवन र कास्कीमा १५५/१५५ जना, ललितपुरमा १३४, मोरङमा १०५ जना, सुनसरीमा ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै भक्तपुरमा ८०, नवलपरासी पूर्वमा ५८, झापामा ५७, सिन्धुपाल्चोकमा ४८, काभ्रेपलाञ्चोक र गोरखामा ४१/४१ जना, स्‍याङजामा ३८, नुवाकोटमा ३७, दोलखामा ३६ जना, मकवानपुर र रुपन्देहीमा ३५/३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बागलुङ र बर्दियामा २२/२२ जना, कैलालीमा १९, बाँकेमा १७, धादिङमा १५, धनकुटा र दाङमा १४/१४ जना, खोटाङ र तनहुँमा ११/११ जना र दैलेख र सुर्खेतमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५२ जनामा कोरोना संक्रम पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।