बुटवल,३१ असार । मुख्यमन्त्री शंकर पाेखरेल सहित सत्तारूढ दल एमालेका सांसदहरूद्वारा संसद छाडेर हिडेपछि लुम्बिनी प्रदेश सभा सुचना टासेर स्थगित भएको छ ।
वैठक शुक्रबार दिउँसो १ वजे बस्ने प्रदेश सभा सचिवालयद्वारा जारी सुचनामा जनाइएको छ ।
सत्तापक्षका प्रदेश सभा सदस्यहरूने प्रदेश सभा वैठक छाडेर हिडेपछि सहमतिको प्रयासका लागि सभामुख पुर्णबहादुर घर्तीले आाधा घण्टाका लागि वैठक स्थगित गरेकाेमा साे समय व्यतीत हुदा पनि सत्तापक्षका प्रदेश सभा सदस्यहरू उपस्थित नभएपछि सूचना टासेर वैठक स्थगित गरिएको हो ।
वजेटमाथि प्रदेशसभा सदसयहरूले उठाएका प्रश्नको मुख्यमन्त्री पाेखरेलले सहित मन्त्रीहरूले जवाफ दिएपछि सत्ता पक्षका प्रमुख सचेत भुमिश्वर ढकालले सहमतिमा वजेट पारित गर्न सहमतिको प्रयास गर्न माग गरेपछि विपक्षी दलका नेता विरेन्द्र कुमार कानाेडियाले वाेल्दा बाेल्दै मुख्यमन्त्री पाेखरेल सहित सत्तापक्षका सबै प्रदेश सभा सदस्यहरू वैठक कक्षबाट बाहिरीएका थिए ।
पारित गराउन सहमतिको प्रयास गर्न माग गरेको लुम्बिनी प्रदेश सभाको सत्तारूढ दल नेकपा एमाले सहमतिको प्रयासै नगरी प्रदेश सभा बाट बाहिरिएकाे मा विपक्षी गठवन्धन दलका प्रदेश सभा सदस्यहरूले आपत्ति जनाएका छन् ।
सहमतिको प्रयास गर्न माग गरेर सहमतिको प्रयासै नगरी सत्तापक्षनै प्रदेश सभा वैठकै छाडेर हिडेपछि नेपाली कांग्रेस सहितका विपक्षी गठवन्धनका प्रदेश सभा सदस्यहरूले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस पाल्पाका सभापति समेत रहेका प्रदेश सभा सदस्य वीर बहादुर रानाले वजेट पारित गराउने जिम्मेवारी बाेकेकाे सत्तापक्षनै संसद छाडेर बाहिरिनु लज्जाकाे बिषय भएको बताए ।
उनलेे सत्तापक्षनै सदीय प्रक्रियाबाट भागेर नेकपा एमालेले कस्तो लाेकतन्त्रकाे अभ्यास गर्न खाेजेकाे हो ? भन्ने प्रश्न गरे ।








