बुटवल,३१ असार । वजेट पारित गराउन सहमतिको सहमतिको प्रयास गर्न माग गरेको लुम्बिनी प्रदेश सभाको सत्तारूढ दल नेकपा एमाले सहमतिको प्रयासै नगरी प्रदेश सभा बाट बाहिरिएकाे छ ।
प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ काे वजेटमाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको मुख्यमन्त्री सहित मन्त्रीहशरूले जवाफ दिएसंगै मुख्यमन्त्री सहित नेकपा एमालेका प्रदेश सभा सदस्यहरू सभाबाट बाहिरिएका हुन् ।
वजेटमाथि प्रदेशसभा सदसयहरूले उठाएका प्रश्नको मुख्यमन्त्री पाेखरेलले जवाफ दिएपछि सत्ता पक्षका प्रमुख सचेत भुमिश्वर ढकालले सहमतिमा वजेट पारित गर्न सहमतिको प्रयास गर्न माग गरेपछि विपक्षी दलका नेता विरेन्द्र कुमार कानाेडियाले वाेल्दा बाेल्दै मुख्यमन्त्री पाेखरेल सहित सत्तापक्षका सबै प्रदेश सभा सदस्यहरू वैठक कक्षबाट बाहिरीएका थए ।
सहमतिको प्रयास गर्न माग गरेर सहमतिको प्रयासै नगरी सत्तापक्षनै प्रदेश सभा वैठकै छाडेर हिडेपछि नेपाली कांग्रेस सहितका विपक्षी गठवन्धनका प्रदेश सभा सदस्यहरूले आपत्ति जनाएका छन् ।
सभामुख पुर्ण बहादुर घर्तीले सहमतिको प्रयासका लागि भन्दै आधाघण्टाका लागि वैठक स्थगित गरेका छन् ।
नेपाली कांग्रेस पाल्पाका सभापति समेत रहेका प्रदेश सभा सदस्य वीर बहादुर रानाले वजेट पारित गराउने जिम्मेवारी बाेकेकाे सत्तापक्षनै संसद छाडेर बाहिरिनु लज्जाकाे बिषय भएको बताए ।
उनलेे सत्तापक्षनै सदीय प्रक्रियाबाट भागेर नेकपा एमालेले कस्तो लाेकतन्त्रकाे अभ्यास गर्न खाेजेकाे हो ? भन्ने प्रश्न गरे ।
सहमतिकाे प्रयासका लागि सभामुखले दिएको समयसिमा सकिए पनि अहिलेसम्म सहमतिको प्रयास भएको छैन भने वैठक पनि सुरु भएको छैन ।








