पोखरा,३० असार ।
विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित भएको छ ।

नेकपा एमालेका प्रदेश सभा सदस्यहरूकाे विराेधकाबीच वजेट पारित भएको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यही असार १ गते आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३० अर्ब तीन करोड ९४ लाखको बजेट प्रदेश सभामा पेस गरेका थिए । यसअघि लगातार तीन पटक बैठकमा अवराेध भएपछि अवरोधकै बीच बजेट पारित भएको हो ।

सरकारले जबरजस्ती बजेट पारित गर्ने प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।