बुटवल,३० असार । ​
बुटवल उपमहानगरपालिकाका २४ सहित बुधबार रूपन्देहीका ३७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २२४ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ६५० पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका २० जना,तिलाेत्तमा नगरपालिकाका ८ जना, सैनामैना नगरपालिकाका ४ जना र देवदह नगरपालिकाका १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३० जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ८२४ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३२१ जना सक्रिय संक्रमित रहेका छन् ।