काठमाडौ,३० असार ।
नेपालमा बुधबार थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभर १३ हजार २४ नमुना परीक्षण गर्दा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मुलुकभरमा ८ हजार १०८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार १० र ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार ६०६ जना काेराेना संक्रमित निकाे भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ हजार ४३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।