बाँके,३० असार । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा थप दुई जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ४ का ६३ वर्षीया महिला र बर्दियकै राजापुर नगरपालिका वडा नम्बर १० का ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका काेराेना फाेकल पर्सन तेज ओलीले जनाकारी दिए । उनिहरू दुवै जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओलीले बताए ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ३ सय ७० जना कोराेना संक्रमितको मृत्यु भएको र बाँके जिल्लाका मात्रै हालसम्म ३ सय ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।







