बुटवल,२९ असार ।
रुपन्देहीको कोटहिमाईबाट प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ ।

गाेप्य सुचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेकाे अवस्थामा ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देहीकाे कोटहीमाई गाउँपालिका ३ का धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरज कुमार यादव, संजय जैशवाल ,रूपन्देहीकै मायादेवी गाउँपालिका ५ का भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादव रहेका छन् ।
उनिहरूलाई कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारीको घरमा जुवा खेलिरहेकाे जुवा अवस्थामा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता,प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

पक्राउ परेकाहरूकाे साथबाट नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल १० थान, गड्डी तास र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको बोरा १ थान बरामद गरिएकाे प्रहरी नायव उपरीक्षक थापाले बताए । उनीहरुलाई जुवा ऐन अनुसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।