बुटवल,२८ असार । प्रतिनीधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाकाे रूपन्देहीमा विपक्षी गठबन्धनले स्वागत गर्दै दीप प्रज्वलन गरेको छ भने सत्तारूढ दल नेकपा एमालेले विरोध गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी गठबन्धनले साेमबार बेलुका बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन गरेको हो ।
बुटवलको ट्राफिकचोकमा जम्मा भएका नेपाली कांग्रेस, माओबादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत पार्टीका नेताहरुले सर्बोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरेका हुन् ।

दिप प्रज्वलनपछि आयाेजित कोणसभामा बोल्दै पुर्व मन्त्री तथा काँग्रेस नेता डिल्लीबहादुर चौधरीले मुलुकको रक्षाका लागि सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए । एउटा दम्भी नेताका कारण मुलुक महामारीका बेला पनि अस्थिर बनेको बताउँदै उनले इतिहासले ओलीपथलाई सधै धिक्कार्ने विचार व्यक्त गरे । फैसलाले संबिधान र लाेकतन्त्रकाे रक्षा गरेको भन्दै उनलेे सर्बोच्चले ओलीको निरंकुशतालाई परास्त गरेको बताए ।

अब स्थानिय तहदेखि संघसम्म ओली प्रबृत्तिको अन्त्य हुने भन्दै चाैधरीले सामान्य विषयमा गठबन्धनलाई कसैले पनि कमजोर बनाउन नहुने चौधरीले बताए ।
नेकपा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता कुलप्रसाद केसीले ओलीको प्रतिगमन परास्त भएको बताए । केसीले प्रतिगमनको टाउको फोरिए पनि अझै ढाड भाँच्न बाँकी रहेको बताए । केपी प्रबृत्ति कति धेरै घातक रहेछ भन्ने स्पष्ट भइसकेकाले ओली अब बढारिने बताए ।

जसपा लुम्बिनी प्रदेश मुख्यसचिव यज्ञ पोखरेलले केपी ओलीको प्रतिगमन सर्बोच्चबाट परास्त भएको भन्दै अब केही हदसम्म संबिधानको रक्षा भएको बताए । उनले सर्बोच्च अदालतको निर्णय अनुसार कुर्ची खाली गर्न आग्रह गरे । साथै राष्ट्रपती बिद्यादेवी भण्डारीलाई पनि नैतिकताका आधारमा राजिनामा दिन उनले आग्रह गरे ।

राष्ट्रिय जनमाेर्चा रुपन्देही जिल्ला सचिव टानबहादुर केसीले केपी ओलीको प्रतिगमन सकिए पनि अझै चुनौति रहेको भन्दै सबै दलहरु एक ठाउँमा उभिनु पर्ने बताए ।

यता सत्तारूढ दल नेकपा एमाले निकट युवाहरूले संसद पुनःस्थापनाको बिरोध गर्दै परमादेश खारेजीको समेत माग गरेका छन् ।
सत्तारुढ दल एमालेको भातृसंगठन युवा संघ र अनेरास्ववियूले बुटवलको राजमार्ग चाैराहामा विरोध प्रदर्शन गरेका हुन् ।

संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने सर्बोच्चको फैसलाको स्वागतमा बुटवलमै साँझ दीपावलीको भएको छ । विपक्षी गठबन्धनले अदालतको फैसलाको स्वागतमा साँझ ७ बजे बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन गरेको हो । नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले अदालतको फैसलाको स्वागत गर्दै दीपावली गरिएको जानकारी दिए ।