बुटवल,२८ असार । ​
तिलाेत्तमा नगरपालिकाका १२ सहित साेमबार रूपन्देहीका ३५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २५४ जनाको पिसिआर परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका १२ जना,बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका ७/७ जना,सैनामैना नगरपालिका ५ जना र कञ्चन गाउपालिका ३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३८ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ७५० जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म ५०४ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३३५ जना सक्रिय संक्रमित रहेका छन् ।