काठमाडौं,२८ असार । नेपालमा साेमबार थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षण गर्दा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १३३ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ६ लाख २१ हजार २७ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ हजार ४०० जना कोराेना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आज कुन जिल्लाका कति जनामा संक्रमण ?

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।

यस्तै झापामा १४१, मोरङमा १३९, सुनसरी र बागलुङमा १२३/१२३, चितवनमा १०२, कास्कीमा ६९, नुवाकोट र गुल्मीमा ४८/४८ र मकवानपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीमा ३७, नवलपरासी पूर्वमा ३३, पाल्पामा २२ र पर्वतमा २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।