बुटवल,२८ असार ।
लुम्बिनी प्रदेश सभाकाे वैठक आज पनि बस्दै छ ।
आजको वैठकमा प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आर्थिक बर्ष २०७८/०७९ काे वजेटमा मन्त्रालयगत छलफल हुने सभामुख पुर्णबहादुर घर्तीले सभालाई जानकारी गराएका छन् ।
विपक्षी गठवन्धन दलका प्रदेश सभा सदस्यहरूकाे अवरोधकाे आशंकाकाेबीच आइतबार बसेकाे प्रदेश सभाकाे आठौं अधिवेशनकाे १० आै बैठकमा बाेल्दै विपक्षी गठवन्धन दलका प्रदेश सभा सदस्यहरूले लाेकतन्त्रकाे मुल्य मान्यता र संवैधानिक सर्वोच्चताकाे मर्म र भावनाकाे कदर गर्दै नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न मुख्यमन्त्रि शंकर पाेखरेलकाे ध्यानाकर्षण गराएका थिए ।
प्रदेश सरकारकाे वैधानिकतामाथि प्रश्न उठाउदै विपक्षी गठवन्धनका दलका प्रदेश सभा सदस्यहरूकाे अवरोधका कारण सुचना टासेर स्थगित भएको बैठक १८ दिनपछि आइतबार बसेकाे थियो ।
आइतबारै बसेकाे प्रदेश सभाको आठौं अधिवेशनकाे ११ आै बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चाैधरीले आर्थिक बर्ष २०७८/०७९ काे सेवा र कार्यका लागि लुम्बिनी प्रदेश सञ्चित काेषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।








