दाङ,२७ असार । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न रहेकाे आराेपमा प्रहरीले दाङबाट ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेकाे एउटा डाेजर र पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले लिएका सवारीसाधनहरूमा १ ख ११६८ नम्बरकाे डाेजर, भे २ त १०९, रा १ त २९५५, भे १ त ९०६५, रा १ त ७५२ र रा १ त ४१७८ नम्बरकाे ट्र्याक्टर रहेका छन् ।