प्रकाश खनाल
बुटवल,२७ असार ।
लुम्बिनी प्रदेश सभामा विपक्षी दलका प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारकाे वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

आज बसेकाे प्रदेश सभाकाे आठौं अधिवेशनकाे १० आै बैठकमा बाेल्दै विपक्षी गठवन्धन दलका प्रदेश सभा सदस्यहरूले लाेकतन्त्रकाे मुल्य मान्यता र संवैधानिक सर्वोच्चताकाे मर्म र भावनाकाे कदर गर्दै नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न मुख्यमन्त्रि शंकर पाेखरेलकाे ध्यानाकर्षण गराए ।

प्रदेश सरकारकाे वैधानिकतामाथि प्रश्न उठाउदै विपक्षी गठवन्धनका दलका प्रदेश सभा सदस्यहरूकाे अवरोधका कारण सुचना टासेर स्थगित भएको बैठक १८ दिनपछि आज बसेकाे हो ।

‌वैठककाे सुरुमा बाेल्दै नेकपा माआेवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीले मुख्यमन्त्री पाेखरेलकाे नाम नलिई प्रदेश सभामा आफ्नो दलकाे हैसियत हेरेर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न आग्रह गरे ।

कसैको काधमा चढेर सत्तामा पुग्ने र सत्तामा पुगेपछि जसरी पनि सत्तामा टिकिरहने प्रबृत्ति गलत भएको भन्दै उनलेे लाेकतन्त्रकाे मुल्य मान्यता र संवैधानिक सर्वोच्चताकाे कदर गर्दै नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न मुख्यमन्त्रि शंकर पाेखरेलकाे ध्यानाकर्षण गराए ।

प्रदेशमा गलत राजनीतिक संस्कारको विकास नहाेस र राजनीतिक दलहरूवीच तिक्तता नआआेस भन्ने उदेश्यले आफुहरू लचिलो हुदै आएको भन्दै उनलेे कसैले संवैधानिक सर्वोच्चता र लाेकतन्त्रकाे विश्वव्यापी मुल्य मान्यता विपरीतका गतिविधि जारी राख्ने र कसैले त्यसलाई मानिरहने भन्ने हुन नसक्ने विचार व्यक्त गरे ।

वैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्दिन खाँनले प्रदेश सभामा पटकपटक प्रदेश सरकारकाे वैधानिकता माथि प्रश्न उठे पनि प्रदेश सरकारले आफ्नो वैधानिकता पुष्टि गर्न नसकेको भन्दै अल्पमतकाे सरकारले शासन गर्ने वैधता नहुने बताए ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको वजेट समृद्ध प्रदेश खुसी जनता भन्दा पनि समृद्ध एमाले खुसी कार्यकर्ता भन्ने खालको भएको आराेप लगाउदै उनलेे पत्रकारको कलममाथी अंकुश लगाउनेगरि प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक कांग्रेस लगायतका विपक्षी दलहरूलाई मान्य नहुने धारणा राखे ।
उनलेे विधेयक फिर्ता लिएर पुनर्लेखन गर्न समेत प्रदेश सरकारकाे ध्यानाकर्षण गराए ।
त्यस्तै नेकपा माअाेवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरले प्रदेश सरकारले विपक्षी दलहरूलाई उपेक्षा गरेर वजेट ल्याएको भन्दै वजेट मन्त्रीमुखी भएको आराेप लगाए ।

वैठकमा नेकपा एमालेका प्रदेश सभा सदस्य विष्णु पन्थी र कमला देवी देवकोटाले भने वजेटकाे समर्थन गर्दै वजेटकाे सफल कार्यान्वयन भए प्रदेशको विकास हुने विचार व्यक्त गरे ।
प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको वजेटमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा याेजना मन्त्री वैजनाथ चाैधरीले प्रदेशकाे जनसंख्या र भुगाेललाई मध्यनजर गरि वजेट ल्याइएको बताउदै वजेट सामाजिक न्याय सहितको निष्पक्ष रूपमा ल्याइएको दाबी गरे
‌आजकै वैठकमा अार्थिक मामिला तथा योजना मन्त्री चाैधरीले अार्थिक बर्ष २०७८/०७९ काे सेवा र कार्यका लागि लुम्बिनी प्रदेश सञ्चित काेषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।
‌ प्रदेश सभाकाे अर्को वैठक यही असार २८ गते बिहान ११ वजे वस्नेगरि स्थगित भएको छ ।