बुटवल,२७ असार । तिलाेत्तमाका ५ सहित रूपन्देहीमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३१ जनाकाे पीसीआर परिक्षण गर्दा ९ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार रूपन्देहीको तिलोत्तमामा नगरपालिकाका पाँच जना, बुटवल उपमहानगरपालिकाका दुई जना तथा देवदह नगरपालिका र शुद्धोधन गाउपालिकाका एक/एक जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितकाे संख्या २८ हजार ५५४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ४४ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २७ हजार ७१२ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा कोही पनि काेराेना संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म जिल्लामा ५०४ जना काेराेना संक्रमितको मृत्युु भएको छ । रूपन्देहीका ९७ प्रतिशत काेराेना संक्रमित निको भइसकेका छन् भने २ प्रतिशतको मृत्यु भएको छ । एक प्रतिशत अझै सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा हाल काेराेना भाइरसका सक्रिय संक्रमितको संख्या ३३८ रहेको छ ।







