पाल्पा,२७ असार । अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानस्थित सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । यस्तै, पाल्पाकै बगनासकाली गाउँपालिकाको राम्दी नजिकै पहिरो जाँदा सिद्वार्थ राजजमार्ग काे बर्तुङ राम्दी सडक खण्ड समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन् भने टाढा-टाढा पुग्ने यात्रु बीचबाटोमा अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहे पनि वर्षा निरन्तर भइरहेका कारण रामाजर्ग सुचारु हुन केही समय लाग्ने प्रहरी नायव उपरीक्षक त्वातीले बताए ।








