बुटवल,२६ असार ।
कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमै बिरोध भयको छ ।
रूपन्देहीमा बसाेवास गर्दै आएका कालीगण्डकी सरोकार समूह ले आज बुटवलमा विरोध प्रदर्शन गरेको हो ।
कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको उनिहरूकाे भनाइ छ ।
प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिदैँनौ लगायतका नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
परियोजनाकाे बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन् । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पुथ्वी सुब्बा गुरुङले त यो विषयमा खुलेरै विरोध गर्दै आएका छन् ।
यसअघि कालिगण्डकी नदि तटीय क्षेत्र आसपासका स्थानीय तहका जनप्रतिनिधिले पनि परियोजनाकाे विराेध गर्दै आएका छन् ।दुई प्रदेशको समझदारीमा मात्रै परियोजना अगाडि बढाउन सकिने भए पनि सरकारले बलमिचाई गरेर परियोजना अगाडि बढाएको उनिहरूकाे आराेप छ ।








