बुटवल,२६ असार । ​
बुटवल उपमहानगरपालिकाका १५ सहित शनिबार रूपन्देहीका ३४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १९१ जनाको पिसिआर परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ५४५ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १५ जना, तिलाेत्तमा नगरपालिका र सैनामैना नगरपालिका ७/७ जना,देवदह नगरपालिकाका २ जना,सिद्वार्थनगर नगरपालिका,मायादेवी गाउपालिका र सियारी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २१ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ६६८ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म ५०४ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३७३ जना सक्रिय संक्रमित रहेका छन् ।