काठमाडौं,२६ असार । नेपालमा शनिबार थप २ हजार १६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४३२ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ६ लाख १८ हजार ३६१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २२ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार ३६२ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा
रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना रहेका छन् ।