बुटवल,२६ असार ।
२८ किलो लागुऔषध चरेससहित बुटवलबाट २ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँकै ६३ वर्षीय जीवन पुन रहेका छन् ।प्रहरीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र रुपन्देहीको टोलीले उनीहरूलाई बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट लागुऔषध चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरीले उनीहरुबाट लु २५ प ६५४४ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।








