नवलपुर,२६ असार ।

सर्पले डसेर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा एक बालिलकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेल रहेकी छन ।

शुक्रबार राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पुर्‍याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको जानकारी दिइन् । साेहि गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले मृत्यु भएको थियोे ।