पाल्पा,२६ असार । तीन दिनअघि पाल्पाकाे तिनाउमा पहिरोले पुरिएर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
पाल्पाकाे तिनाउ गाउँपालिका–५ गिट्टीखानीकी ७५ वर्षीया सुन्दरी गुरुङको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
साेही पहिरोमा परी यसअघि ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको मृत्यु भएको थियो । बिहीबार बिहान ४ बजे माथिबाट झरेको पहिरोले पुरिएर तिनाउ गाउँपालिका–५ गिट्टीखानीका ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।







