बाँके,२३ असार । प्रहरीले बाँकेमा अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेष रहेकन छन् । उनको साथबाट अटोमेटिक अमेरिकन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाका आधारमा उनलाई नेपालगञ्ज उपमहानगरपालिका १९, फुटाहाबाट पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शेषले पेस्तोल कुन प्रयोजनका लागि राखेका हुन् भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्याैपानेले बताए ।