बुटवल,२३ असार ।
तिलाेत्तमा नगरपालिकाका १२ सहित बुधबार रूपन्देहीका ४२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १४९ जनाको पिसिआर परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ३४६ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका १२ जना,बुटवल उपमहानगरपालिकाका ११ जना, सिद्वार्थनगर नगरपालिकाका १० जना,सैनामैना नगरपालिकाका ६ जना,कञ्चन गाउपालिकाका २ जना र देवदह नगरपालिकाका १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ११९ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ५९२ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहे पनि यसअघि मृत्यु भएर गणना हुन बाँकी रहेको १२ जनाकाे तथ्यांक स्वास्थ्य कार्यालयले प्रकाशित गरेको छ ।
जिल्लामा हालसम्म ५०२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३५६ जना सक्रिय संक्रमित रहेका छन् ।







