काठमाडौं,२३ असार । नेपालमा बुधबार थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८३५ जनाको पीसीआर टेष्ट गर्दा २ हजार ७७ जना र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ गरि २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएको संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।
लक्ष्मण भएका संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमणका लक्ष्मण देखिए परीक्षण गराउन आग्रह गरे ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ३३३ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालस ६ लाख १४ हजार तीन सय २७ जना काेराेना संक्रमित निकाे भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २९१ जना काेराेना संक्रमितको मृत्यु भएको छ । अहिले नेपालमा २३ हजार सात सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल काठमाडौ उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।