काठमाण्डाै,२३ असार । नेपालमा मनसुन फेरि सक्रिय भएकाे छ । मनसुन सक्रिय भए सँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । अबको दुई/तीन दिन नै ठूलो वर्षा हुन सक्ने जल तथा माैसम विज्ञान विभागले जनाएको । बर्षासँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै माैसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।