पाेखरा,२३ असार । म्याग्दीको मगला गाउँपालिका–५ अर्मनको छिस्बाङमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्यादीकाे मालिका–६ दरबाङको रातढुङ्गाका २२ वर्षीय गजिन रोका र उनकी श्रीमती बिना रोका रहेका छन् ।

गएरातिको परेको पानीले छिस्बाङ खहरेखोलामा आएको बाढीका कारण पहिरो जाँदा घर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

राति घरमा सुतिरहेका दम्पती घरसहित पहिरोमा बगेका प्रहरीले जनाएको छ । यसैबीच, म्याग्दीको रातोढुङ्गाको बस्ती, निर्माणाधीन सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोको जोखिममा परेका छन् ।