बुटवल,२३ असार । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पाल्पाबाट चुनढुंगा लिएर बुटवल तर्फ आईरहेको लु २ ख् ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको हो ।

मृत्युु हुनेमा टिप्पर चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ बिरकोटका २६ वर्षिय सुदिप गैरे रहेका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका गैरेकाे उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
टिप्परमा चालक मात्र थिए या अन्य पनि थिए भन्ने बिषयमा खोजतलास भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

लगातारको वर्षाले चिप्लो सडकमा सडकबाट चिप्लीएर टिप्पर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।