काठमाडौं,२३ असार । नेपाल आयाल निगमले खाना पकाउने ग्यास सहित सबै इन्धनको मूल्य बृद्वि गरेको छ । मूल्य बृद्वि भएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बृद्वि गरेको हो ।
निगमले गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।







