बुटवल,२२ असार । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँ नगदसहित रूपन्देही प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१ निवासी २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवाका ३५ वर्षीय सुरज गौण रहेका छन् ।
मंगलबार दिउँसो रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ स्थित बाइपासमा लु २१ प २२१२ नम्बरको स्कुटी चलाइरहेका व्यक्तिलाई रोकेर खानतलासी गर्दा उनको साथबाट ३१ लाख ९० हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
उक्त रकमको स्रोत नखुलेको भन्दै प्रहरीले हुन्डिको आशंकामा राजस्व कार्यालयलाई बुझाएको छ।








