काठमाडौं,२२ असार ।
नेपालमा २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ५०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६६५ जना काेराेना संक्रमित निकाे भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०3 जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्देहीमा ३५, कमवानपुर र पाल्पामा ३४/३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।
बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४/१४ जना, दोलखा, दाङ र दैलेखमा १३/१३ जना र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।







