काठमाण्डाै,२२ असार ।
आज दिउँसो देशभर मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बेलुका हल्का पानी पर्ने तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइएन । आज राति भने देशका धेरै ठाउँहरुमा पानी पर्नेछ भने प्रदेश एकमा ठूलो पानी पर्नेछ । भोलिदेखि फेरि मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ ।

मौसम सक्रिय भएसँगै ठूलो पानी पर्ने मौसमविद् बासीले बताउनुभयो ।
आज काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागे पनि अरु ठाउँमा कतैकतै हल्का पानी परिरहेको महाशाखाका मौसमविद् बासीले बताइन । यी ठाउँहरुमा बिहानीपख घाम लागे पनि दिउँसोपख पानी पर्ने सम्भावना छ। यस्तै, अहिले प्रदेश एक, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।