बर्दिया,२१ असार ।
बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षका चित्रबहादुर खत्री रहेका छन् ।
आइतबारदेखि हराइरहेका वलीको शव आज बिहान नेपाल भारत सिमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बिच भागमा सम्झना सामुदायिक वन भित्र क्षतविक्षत अवस्थामा फेला पारेको बि.ओ.पि.भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्ष भित्र १२ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।