काठमाडौं,२१ असार । नेपालमा साेमबार थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २११ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ११ हजार ४२९ जना काेराेना संक्रमित निकाे भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २३ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ हजार २४८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन् । जसमध्ये २ हजार ६९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा १४५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ५६२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।

यस्तै झापामा १८८, मोरङमा १२१, चितवनमा १२०, कास्कीमा ११५ र सुनसरीमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा ४९, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३८, रुपन्देहीमा ३२, बागलुङमा ३१ र दाङमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी लमजुङमा २७, गुल्मीमा २४ र नुवाकोट र धादिङमा २३/२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।