काठमाडौ,२० असार । सरकारले चालेका असंवैधानिक कदम बिरूद्व आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले आज काठमाडौमा मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुतला दहन गरेको छ ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले मसाल जुलुस प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।
साे क्रममा प्रहरीले हस्तक्षेप गरी नेविसंघका १५ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।
यसैबीच सत्तारूढ दल नेकपा एमालेका भातृ संगठन युवा संघ नेपालले विपक्षी दलका शिर्ष नेताहरूकाे पुतला दहन गरेका छन् ।विपक्षी दलहरूले मुलुलाई अस्थिरतातर्फ लैजान खाेजेकाे भन्दै युवासंघले नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकाे पुतला दहन गरेको हो ।