बुटवल,२० असार । शुक्रबार लुम्बिनी प्रदेश सरकारकाे राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी छन् ।
संसदीय दल र पार्टीको निर्णय विपरीत आफू पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै रायमाझीले हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको भन्ने व्यहाेरा प्रदेश सभा सचिवालयलाई जानकारी गराएकी हुन् ।
आइतबार प्रदेशसभा सचिवालयमा पत्र पठाई रायमाझीले अब जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको उल्लेख गरेकी छन् ।
राज्यमन्त्रीबाट राजिनामा दिई रायमाझी जनता समाजवादी पार्टीको संस्थापन पक्षमा फर्किएसँगै मुख्यमन्त्री पाेखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।









