नवलपरासी,२० असार । नवलपुरको डण्डा र आसपासका क्षेत्रमा लगातार ६ घण्टाबढी ठूलो वर्षा भएको छ । पत्थरखोला,गिरवारि खोलालगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज तराईका जिल्लाका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनी रेखा तराईको भूभाग नजिकै रहेकोले तराई र त्यस वरपरका क्षेत्रमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यद्यपि आज हिजो अस्तिको जस्तो लगातारको झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।