काठमाडौं,१९ असार । नेपालमा शनिबार थप २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५२७ र ४ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ८०१ जना गरी २ हजार ३२८ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमित निकाे भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।







