बुटवल,१९ असार ।
रुपन्देहीको गैडहवा गाउपालिकाका शिक्षक शिक्षिकाहरुका लागि संचालन गरिएको ५ दिने सूचना प्रबिधि सम्वन्धी (आई सि टी) तालिम शुक्रवार सम्पन्न भएको छ ।
गत असार १४ गते देखि असार १८ गते सम्म सञ्चालन भएको तालिममा गैडहवाका ३५ सामुदायिक बिधालयका ४६ जना शिक्षक शिक्षिकाहरुकाे सहभागीता रहेको थियो ।
शिक्षालाई सूचना प्रबिधि मार्फत गुणस्तर र व्यबहारिक बनाउन २२ सामुदायिक बिधालय र १३ मदरसाका ३५ सामुदायिक बिधालयका ४६ जना शिक्षक शिक्षिकाहरुलाई आई सि टि तालिम प्रदान गरिएको गाउपालिकाले जनाएको छ ।
गैडहवा गाउपालिका,शिक्षा शाखाको आयोजनामा संचालन गरिएको उक्त तालिममा शिक्षा शाखा प्रमुख माधवराज पौडेलले
सहजिकरण गरेका थिए ।
तालिमको समापन गर्दै गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले अवको शिक्षा परमपरागत शैलिबाट भन्दा शिक्षा क्षेत्रमा भित्रिएको नयाँ नयाँ सूचना प्रबिधिहरुको माध्यमबाट अध्यापन गर्न गराउन सकेमात्र शैक्षिक गुणस्तरमा सुधार हुने बिश्वास व्यक्त गरे ।
बिश्वमा आएको बिभिन्न सूचना प्रबिधिहरुको अधिक्तम प्रयोग गरी बिधार्थीहरुलाई व्यबहारिक ज्ञानमा अझ नजिक बनाउनु पर्नेमा जोड दिदै अध्यक्ष केवटले कागज बिहिन शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई सूचना प्रबिधि सम्बन्धी तालिमहरुको आवस्यक रहेको बताए ।
साे अवसरमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरेले हरेक शिक्षक शिक्षिकाहरुले आफुले अध्यापन गराइरहदा बिधार्थीहरुको बुझाई र सिकाईको प्रभावकारितामा ध्यान दिन सके शिक्षामा आमुल परिवर्तनको अपेक्षा गर्न सकिने बिचार व्यक्त गरे ।
नयाँ नयाँ सूचना प्रबिधिहरुको सहि सदुपयोग र त्यसलाई शिक्षण सिकाई कृयाकलापमा व्यबहारिक ज्ञानसंग जोड्न नसकेसम्म शिक्षामा सुार ल्याउन नसकिने बताउदै उनले गैडहवाको शिक्षा कस्तो बनाउने भन्ने कुरा शिक्षक शिक्षिकाहरुमा निर्भर रहने उल्लेख गरे ।