बुटवल,१८ असार । पार्टीको निर्णय बिपरित लुम्बिनी प्रदेश सरकारमा सहभागी भएकी जनता समाजबादी पार्टीकी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजिनामा दिएर यादव समूहमा फर्किएकी छिन् ।
तत्कालीन संघीय समाजवादी पार्टीकाे समानुपातिक काेटाबाट प्रदेश सभा सदस्यमा निर्वाचीत रायमाझी मुख्यमन्त्री शंकर पोखरेल बिरूद्व अबिश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने पार्टी निर्णय बिपरित पाेखरेल नेतृत्वको सरकारमा सहभागी भएकी थिइन् ।
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको जनाउँदै रायमाझीले मन्त्रीपदबाट राजिनामा दिएर पार्टीमा फर्केकी घाेषणा गरेकि हुन् । उनले बुझाएको राजीनामा पत्रमा जनता समाजवादी पार्टी नेपालको शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नरहेको उल्लेख गरिकी छन् ।
´तपाईको नेतृत्वकाे सरकारलाई जसपाको समर्थन नरहेकोले पार्टीको समर्थन र सहयोग बिना आफुु सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’ उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।








